English
बैंक तथा बीमा

एशियाली विकास बैंकका अध्यक्ष काठमाडौंमा

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
एशियाली विकास बैंकका अध्यक्ष काठमाडौंमा

काठमाडौं- एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डा औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । उनलाई अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले स्वागत गरे ।

एडीबी नेपालको प्रमुख विकास साझेदारमध्ये एक हो । हाल नेपालमा करिब ३ अर्ब ९० करोड अमेरिकी डलर बराबरका विभिन्न विकास आयोजनाहरू एडीबीको लगानीमा सञ्चालनमा छन् ।

उनले नेपालको विकास, रूपान्तरण तथा दीर्घकालीन आर्थिक वृद्धि खासगरी, रोजगारी सिर्जना र नयाँ आर्थिक अवसर विस्तारका लागि आवश्यक पूर्वाधार विकासमा एडीबीको सहयोग जारी रहने बताएका छन् ।

भ्रमणका क्रममा उनले नेपालमा नयाँ सरकारले तय गर्ने विकास प्राथमिकताबारे छलफल गर्ने जानकारी दिएका छन् ।

बैंक तथा बीमा मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स