English
मुख्य समाचार

भारतीय विदेशसचिव मिस्त्री काठमाडौंमा

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
भारतीय विदेशसचिव मिस्त्री काठमाडौंमा

काठमाडौँ

दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्त्रीको पहिलो दिन निकै व्यस्त रह्यो । आउनासाथ उनलाई समकक्षी अमृतबहादुर राईले स्वागत गरे भने लगत्तै परराष्ट्रमन्त्री शिशिर खनालसंग एक्लाएक्लै तथा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरे । मन्त्री खनालसंग सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणबारे पनि छलफल गरे ।

त्यसपछि उनले समकक्षी राईसंग भेटवार्ता गरे ।

त्यसपछि अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसंग शिष्टाचार भेटवार्ता गरे ।

विदेश सचिव मिस्रीले भोलि बिहीबार प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ ।

मुख्य समाचार मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स