
नयाँदिल्ली-
प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री शाहलाई भेट्न विदेशमन्त्री जयशंकर प्रधानमन्त्री बसेको नयाँदिल्लीस्थित होटल ताजमहल पुगेका थिए ।
भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको छ। विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्ध विस्तारलगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा उनीहरूबीच कुराकानी भएको हो। साथै, द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने विषयमा समेत छलफल केन्द्रित थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत गएका हुन्।



