
काठमाडौँ
प्रधानमन्त्री वालेन्द्र शाह आज आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जाँदैछन् । शाह प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणमा जान लागेका हुन । उनी आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्नेछन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्ययवसायी र पत्रकारलगायत ३४ सदस्यीय टोली रहेको छ । प्रधानमन्त्रीको भारत भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीयव्यवसायीहरूको टोली आफ्नै खर्चमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी भोलि साँझ १८ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनेछन् ।



