English
पर्यटन तथा गन्तव्य

शुक्लाफाँटामा बाघ धपाउन हात्ती र सैनिक

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
शुक्लाफाँटामा बाघ धपाउन हात्ती र सैनिक

महेन्द्रनगर-

कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन हात्ती परिचालन गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जरविक्रम चौधरीले विगत चार÷पाँच दिनदेखि सो क्षेत्रमा पाटेबाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिएका छन् ।

लगातार बाघ देखिन थालेपछि हामीले निगरानी बढाउन त्यस क्षेत्रमा क्यामेरा जडान गरेको र गएराति पनि क्यामेरामा बाघ देखिएपछि बाघ धपाउन दुई वटा हात्ती त्यहाँ परिचालन गरिएको रेञ्चर चौधरीले बताए ।

निकुञ्जभित्र रहेको शुक्लाफाँटा पोष्टबाट दुई वटा हात्ती परिचालन गरेर बाघलाई बस्ती छेउबाट जङ्गलतर्फ धपाउने काम भइरहेको चौधरीको भनाइ छ । त्यहाँ हात्तीका साथै बेल्डाडी पोष्टबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारी पनि खटिएका छन् ।

पर्यटन तथा गन्तव्य मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स