English
साहित्य तथा कला

महाकवि जयन्तीमा कविता वाचन

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
महाकवि जयन्तीमा कविता वाचन

काठमाडौँ

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ जन्मजयन्तीका अवसरमा हिजो देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । ती कार्यक्रमहरुमा महाकवि देवकोटाको व्यक्तित्व र कृतित्को चर्चा गरिएको थियो ।

त्यसै अवसरमा शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजले राजधानीमा विशेष कविगोष्ठी आयोजना गरेको छ ।

कविगोष्ठीमा वियोगी बुढाथोकी, विष्णुबहादुर सिंह, शङ्कर भारती, सोझो गाउँले, प्रकाश तिवारी, प्रकाश घायल, माधव बिडारी, चेतन पथ, जीत कार्की, रामेश्वर केसी, तुलसीराम पुडासैनी, रविन्द्र आशिष, एचके धिताल, नरबहादुर बुढाथोकी, डा शान्तिमाया गिरीले कविता वाचन गरेका थिए ।

त्यसैगरी कविता वाचन गर्ने अन्य श्रष्टामा सुमन थापा, तारा सुवेदी, रुपा रिसाल, शोभा अधिकारी, श्यामबहादुर भावुक, बासुदेव गुरागाईं, नवराज तिवारी, अरुण नदी, श्याम संकल्प र बिसुकुमार केसीलगायत थिए । कविहरूले गीत, गजल, कविता तथा मुक्तक वाचन गरेका थिए ।

कार्यक्रममा महाकवि देवाकोटाको विराट् प्रतिभा र योगदानको चर्चा गरिएको थियो ।

गृहपृष्ठ
रिल्स