English
अन्य खेलकुद

नेपालगञ्ज च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङलाई

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
नेपालगञ्ज च्याम्पियनसीपको उपाधि  सगरमाथा स्वीमिङलाई

नेपालगञ्ज-

तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा स्वीमिङ क्लबले जितेको छ । नेपाल पौडी संघको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबले आयोजना गरेको दुई दिने प्रतियोगितामा सगरमाथाले ४२९ स्कोर ल्याएर प्रथम भएको हो । सगरमाथा दोस्रो नेपालगञ्ज राष्ट्रिय पौडी प्रतियोगिताको पनि विजेता हो ।
प्रतियोगितामा नयाँ दिल्ली भारतको इलाइट स्वीमिङ एकेडेमीले १७४ स्कोर ल्याएर दोस्रो भएको छ । त्यसैगरी कोहलपुर बाँकेको शिखा एकेडेमी ९५ स्कोर ल्याएर तेस्रो भयो । ललितपुरको जेम्स स्कुल ५९ स्कोर ल्याएर चौथो, भारत लखनउको ला मार्टिनेयर गल्र्स कलेज ३३ अंक ल्याएर पाँचौ, कोशी प्रदेश २३ अंक ल्याएर छैठौं र १८ अंक ल्याएर रातो बंगला स्कुल ललितपुर सातौं भएको छ ।
प्रतियोगितामा पुरुष र महिला सर्वोत्कृष्ट खेलाडी सगरमाथा स्वीमिङ क्लबका खेलाडी भए । ७ वटा स्वर्ण र एउटा रजत गरी ८ पदक जितेर पुरुष तर्फ निभान समन अवाले र १० वटा स्वर्ण, एक एक वटा रजत र काँस्य गरी १२ पदक जितेर राइजा अवाले सर्वोत्कृट खेलाडी भएका हुन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही पाँच हजार पाँच सय पचपन्न रुपैयाँ ५५ पैसा प्रदान गरिएको थियो ।
आयोजकले अण्डर ८ का खेलाडी कौतिक शर्मा ९रातो बंगला स्कुल ललितपुर र विधि नेपाल मेम्पल क्यानेडियन स्कुललाई इमर्जिङ खेलाडीको रुपमा अनि सक्षम पौडेल र जेनिश जीएमलाई योङ्गेष्ट खेलाडीको रुपमा सम्मान गरेको थियो ।
अन्डर ८ देखि अन्डर १७  तथा ओपन अर्थात १७ वर्ष भन्दा बढी उमेरका खेलाडीबीच पौडीका फ्रि स्टाइल, बेष्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र ब्यक्तिगत मेड्ले गरी ६ छुट्टाछुटै विधाका ८० वटा इभेन्टमा भएका थिए । प्रतियोगितामा नेपालका सबै प्रदेशका साथै भारतको नयाँ दिल्ली र लखनउबाट गरी करिब १५० जना खेलाडीहरु सहभागी भएका थिए ।

अन्य खेलकुद मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स