
म्याग्दी-
म्याग्दीको बेनीमा दुई लाख २२ हजार २ सय २२ रुपैयाा पुरस्कार राशिको चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता बुधबार शुरु भएको छ । प्रतियोगिता बौद्ध युवा क्लबको आयोजनामा सञ्चालनमा आएको हो ।
बेनीस्थित खुलामञ्च खेलमैदानमा पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबसहित १४ टोली सहभागी छन् । प
उद्घाटन खेलमा आयोजक बौद्ध युवा क्लबको सेतो समूहलाई सेभेन स्टार युवा क्लब, आनन्दबगरले पेनाल्टी सुटआउटमा ६–५ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
भोलि बिहीबार पहिलो खेल नेपाल पुलिस क्लब र मनसुन युवा क्लबबीच हुने बौद्ध युवा क्लबका अध्यक्ष दुर्गा बुढामगरले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले रु दुई लाख २२ हजार २२२ र ट्रफी तथा उपविजेताले रु एक लाख ११ हजार १११ पुरस्कार प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले रु ५५ हजार ५५५ पुरस्कार पाउनेछ ।



