English
फुटबल

बागमती गोल्डकप फुटबल मंसिर ८ गतेदेखि

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
बागमती गोल्डकप फुटबल मंसिर ८ गतेदेखि

मकवानपुर-

पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा आगामी मंसिर ८ गतेदेखि नवौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । हेटौँडामा पत्रकार सम्मेलन गर्दै आयोजक बागमती खेलकुद विकास समितिले आगामी मंसिर ८ गतेदेखि १७ गतेसम्म बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रंगशालामा प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिइएको हो ।

बागमती गाउँपालिकाको प्रायोजनमा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजन लिग खेल्ने ६ वटा क्लब, विदेशी क्लब तथा आयोजक टोलीसहित १० वटा टोलीको सहभागिता रहने समितिका संयोजक रहरसिंह थिङले जानकारी दिएका छन् । थिङका अनुसार प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार १११, विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्न कुल ७२ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये गाउँपालिकाबाट ४० लाख, बागमती प्रदेश खेलकुद विकास परिषद्बाट १० लाख र टिकटिङ् (दर्शक) बाट ८ लाख रुपैयाँ संकलन हुने अपेक्षा गरिएको अध्यक्ष थिङले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा फुटबलप्रतिको आकर्षण बढाउने, स्थानीय प्रतिभावान् खेलाडीको पहिचान गर्ने र नयाँ खेलाडी उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ । प्रतियोगितामा हरिहरपुरगढी युवा क्लब, सिन्धुली, सरस्वती युवा क्लब, जावलाखेल युवा क्लब, थ्री स्टार युवा क्लब, भुटनीज स्पोट्र्स क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड र आठौँ संस्करणमा चित्लाङ फुटबल क्लब, काठमाडौँले सहभागिता जनाउनेछन् ।

फुटबल मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स