English
कृषि तथा पर्यटन

सुदूरपश्चिम प्रदेश सरकारद्धारा चार कृषकलाई उत्कृष्ट पुरस्कार

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
सुदूरपश्चिम प्रदेश सरकारद्धारा चार कृषकलाई उत्कृष्ट पुरस्कार

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले कृषि कर्मका माध्यमबाट महत्त्वपूर्ण योगदान पु¥याएको प्रदेशका चार कृषकलाई पुरष्कृत गरेको छ । प्रदेश सरकारले स्थापना गरेको ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट नौगाड गाउँपालिका–२, दार्चुलाका धनसिंह सितोली, घोडाघोडी नगरपालिका–२, कैलालीका मनोज खनाल, चुरे गाउँपालिका–१, कैलालीकी रिताकुमारी देउवा र वेदकोट नगरपालिका–५, कञ्चनपुरका कलुवा कामी पुरष्कृत भएका हुन ।

धनगढीमा आयोजित एक कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले जनही रुपैयाँ ७५ हजार र सम्मानपत्रसहित पुरस्कृत गरेका हुन । पुरष्कृत कृषकमध्ये वेदकोटका कामीले तीन बिघामा तथा दार्चुलाका सितोलीले १५ रोपनी जग्गामा कृषि कार्य, कैलालीकी देउवाले फलफूलखेती र सुन्तला उत्पादन तथा घोडाघोडीका खनालले व्यावसायिक रुपमा १७ बिघामा माछापालन गरिरहेका छन् ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले असार १५ गते जिल्ला तथा आर्थिक वर्षभित्र जिल्लामा छनोट भएका उत्कृष्ट कृषकमध्येबाट प्रदेश तहमा पुरस्कृत गरिँदै आएको जानकारी दिएका छन् ।

कृषि तथा पर्यटन मा सम्बन्धित

थप समाचार↗
चार महिनापछि गुल्मीमा जहाज
कृषि तथा पर्यटन
आश्विन २७

चार महिनापछि गुल्मीमा जहाज

चितवन निकुञ्जमा जिप सफारी सुरु
कृषि तथा पर्यटन
आश्विन २६

चितवन निकुञ्जमा जिप सफारी सुरु

नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालन हुने
कृषि तथा पर्यटन
भाद्र ०३

नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालन हुने

नेपालगञ्ज-rnलामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ ।rnनिजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि न...

मल ल्याउँदै गर्दा भारतमा पक्राउ परेका नेपाली किसानको रिहाइका लागि काँग्रेसको आग्रह
कृषि तथा पर्यटन
श्रावण ०७

मल ल्याउँदै गर्दा भारतमा पक्राउ परेका नेपाली किसानको रिहाइका लागि काँग्रेसको आग्रह

काठमाडौँ-rnनेपाली काँग्रेसले भारतको विहारस्थित जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।rnrnकाँग्रेस कार्यवाहक मुख्यसचिव...

गृहपृष्ठ
रिल्स