English
कृषि तथा पर्यटन

चितवन निकुञ्जमा जिप सफारी सुरु

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
चितवन निकुञ्जमा जिप सफारी सुरु

चितवन-

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुन ःसुरुआत गरिएको छ । बर्सातसँगै असार १७ गतेदेखि बन्द गरिएको निकुञ्ज भित्रको जिप सफारी यही असोज २३ गतेदेखि सुरु गरिएको हो ।

वर्षात्ले बिग्रिएका निकुञ्ज भित्रका सडकहरु मर्मत गरेर जिप सफारी सुरु गरिएको हो । वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटोहरु मर्मत, ढलेका रूख पन्छाउने, झाडी फाँड्ने लगायतका कामहरु सकिएसँगै जिप सफारी सुरु गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो । यही असोजको दोस्रो साता आएको बाढीले जङ्गल सफारी गर्ने रुटहरू भत्काएका कारण जङ्गल सफारी खुला गर्न समय लागेको उहाँले बताउनुभयो ।
निकुञ्जभित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने जिप तथा हात्ती सफारी सबै समयमा यथावत् अवस्थामा हुने गर्दछ । निकुञ्जमा सौराहा क्षेत्रबाट ३२ वटा, कसराबाट २२ वटा यस्तै मेघौलीबाट ११ वटा, अमलटारीबाट आठवटा र माडीबाट एउटा जिपहरू निकुञ्जभित्र चल्ने गर्दछन् । ती जिपमा चढेर पर्यटकले निकुञ्ज घुम्ने गर्दछन् । यहाँ मुख्य रुपमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् ।

कृषि तथा पर्यटन मा सम्बन्धित

थप समाचार↗
चार महिनापछि गुल्मीमा जहाज
कृषि तथा पर्यटन
आश्विन २७

चार महिनापछि गुल्मीमा जहाज

नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालन हुने
कृषि तथा पर्यटन
भाद्र ०३

नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालन हुने

नेपालगञ्ज-rnलामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ ।rnनिजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि न...

मल ल्याउँदै गर्दा भारतमा पक्राउ परेका नेपाली किसानको रिहाइका लागि काँग्रेसको आग्रह
कृषि तथा पर्यटन
श्रावण ०७

मल ल्याउँदै गर्दा भारतमा पक्राउ परेका नेपाली किसानको रिहाइका लागि काँग्रेसको आग्रह

काठमाडौँ-rnनेपाली काँग्रेसले भारतको विहारस्थित जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।rnrnकाँग्रेस कार्यवाहक मुख्यसचिव...

कृषि तथा पर्यटन
कृषि तथा पर्यटन
असार २७

कृत्रिम अभाव सृजना गर्नेलाई तत्काल कारबाही गर्ने सरकारको चेतावनी

चितवन-rnकृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्नेविरुद्ध तत्काल कारबाही...

गृहपृष्ठ
रिल्स