English
कृषि तथा पर्यटन

कृत्रिम अभाव सृजना गर्नेलाई तत्काल कारबाही गर्ने सरकारको चेतावनी

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn

चितवन- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्नेविरुद्ध तत्काल कारबाही गरिने बताएकी छन् । कृत्रिम अभावजन्य गतिविधि देखिए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न उनले किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध पनि गरेकी छन् ।

चितवन जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छड्के अनुगमन तथा किसानहरूसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै शनिबार उनले बजारमा कालोबजारी तथा कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने जस्ता गतिविधि भएमा सरकारले संलग्नलाई नछाड्ने चेतावनी दिइन । मन्त्रालयमा यस्ता उजुरी प्राप्त हुनासाथ दोषी ठहरिएका व्यक्ति वा व्यवसायीमाथि कानुनबमोजिम कडा कारबाही गरिनेबारे उपभोक्ता सचेत भए त्यस्ता घटना नदोहोरिने मन्त्री चौधरीले बताइन ।

मन्त्री चौधरीले कृषि उत्पादन बढाउन किसानलाई समयमै मल, बीउ, विषादीसहित आवश्यक कृषि सामग्री उपलब्ध गराउने, कालोबजारी नियन्त्रण गर्ने र कृषि क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको दावी पनि गरिन ।

कृषि तथा पर्यटन मा सम्बन्धित

थप समाचार↗
चार महिनापछि गुल्मीमा जहाज
कृषि तथा पर्यटन
आश्विन २७

चार महिनापछि गुल्मीमा जहाज

चितवन निकुञ्जमा जिप सफारी सुरु
कृषि तथा पर्यटन
आश्विन २६

चितवन निकुञ्जमा जिप सफारी सुरु

नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालन हुने
कृषि तथा पर्यटन
भाद्र ०३

नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालन हुने

नेपालगञ्ज-rnलामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ ।rnनिजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि न...

मल ल्याउँदै गर्दा भारतमा पक्राउ परेका नेपाली किसानको रिहाइका लागि काँग्रेसको आग्रह
कृषि तथा पर्यटन
श्रावण ०७

मल ल्याउँदै गर्दा भारतमा पक्राउ परेका नेपाली किसानको रिहाइका लागि काँग्रेसको आग्रह

काठमाडौँ-rnनेपाली काँग्रेसले भारतको विहारस्थित जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।rnrnकाँग्रेस कार्यवाहक मुख्यसचिव...

गृहपृष्ठ
रिल्स