
काठमाडौं-
चालु आर्थिक वर्ष २०८३\८४ को असोज मसान्तसम्म नेपाल स्टकमा सुचिकृत २९ कम्पनीले साधारण सभाबाट आइपीओ निष्कासन सम्बन्धी प्रस्ताव पारित गरेका छन् ।
प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) सम्बन्धी प्रस्तावसहित साधारण सभा बोलाएका ३३ कम्पनी मध्ये २९ कम्पनीले साधारण सभाबाट आइपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् भने केही कम्पनी साधारण सभाका लागि जुटेका छन । सभा बोलाएका ३३ कम्पनीमध्ये ७ वटाले मात्रै गत वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका छन् । अधिकांश कम्पनीले आइपीओ निष्कासनलाई प्राथमिकतामा राखेका छन् । केही कम्पनीले पुनः आइपीओ निष्कासनको प्रस्ताव अघि सारेका छन् । साधारण सभामा आइपीओसम्बन्धी प्रस्ताव लैजाने कम्पनीमा अस्पताल, होटल, जलविद्युत्, ऊर्जा, उत्पादन तथा अन्य क्षेत्रका कम्पनी रहेका छन । यसले विभिन्न क्षेत्रका कम्पनीहरू पुँजी बजारमा प्रवेश गर्न इच्छुक रहेको देखाउँछ ।
आइपीओसम्बन्धी प्रस्तावसँगै लाभांश घोषणा गर्ने कम्पनीमा साप्सु कालिका हाइड्रोपावर, नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज, काबेली हाइड्रोपावर, आशुतोष इनर्जी, भेन्चर हायर पर्चेज, होटल सारथी र डिभाइन हेल्थकेयर रहेका छन ्।
सेयर निष्कासनका लागि सम्बन्धित नियामक निकायको स्वीकृतिसहित आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसैले साधारण सभाबाट प्रस्ताव पारित भएका सबै कम्पनीको आइपीओ तत्काल निष्कासन हुने निश्चित भने हुँदैन ।


