English
शेयर बजार

नेप्से सामान्य अङ्कले वृद्धि

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
नेप्से सामान्य अङ्कले वृद्धि

काठमाडौँ-

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५६ अङ्कले बढेर दुई हजार ६२५ दशमलव ८२ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०१ अङ्कले बढेर ४७५ दशमलव ९८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ४१ अङ्कले बढेर १८२ दशमलव ०५ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३४ अङ्कले बढेर १६१ दशमलव ०३ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड ३६ लाख २४ हजार ४०७ कित्ता शेयर रु चार अर्ब ७१ करोड ७० लाख २८ हजार १०४ मूल्यमा खरिद बिक्री भएको छ । १३ उपसमूहमध्ये चार उपसमूह घट्यो भने नौ उपसमूह बढेको छ । बिहीबार १ सय ७१ कम्पनीको शेयर बढ्यो भने ९१ कम्पनीको शेयर घट्यो । त्यसैगरी १५ कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार बिहीबार बेनी हाइड्रोपावर, हिमालयन एभरेष्ट इन्सुरेन्स, लक्ष्मी उन्नति कोषलगायतका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी एसबिएल डिबेञ्चर, लक्ष्मी भ्यालू फण्ड र माथिल्लो मैलुङ खोला जलविद्युत्लगायतका लगानीकर्ताले गुमाएका छन् ।

शेयर बजार मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स