English
शेयर बजार

२१ दशमलव ३२ अङ्कले बढ्यो नेप्से

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
२१ दशमलव ३२ अङ्कले बढ्यो नेप्से

काठमाडौँ-

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढेर दुई हजार ६ सय २१ दशमलव २६ मा पुगेको छ ।


ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अङ्कले बढेर ४ सय ७४ दशमलव ९६ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ६१ अङ्कले बढेर १ सय ८१ दशमलव ६३ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ७१ अङ्कले बढेर १ सय ६० दशमलव ६८ मा पुगेको छ । बुधबार विभिन्न कम्पनीका एक करोड १६ लाख ७४ हजार २ सय ९ कित्ता शेयर चार अर्ब १३ करोड ६१ लाख ६१ हजार ३ सय ३१ रुपैयाँमा खरिदबिक्री भएका छन् ।


तेह्र वटै उपसमूहमध्ये सबै उपसमूह बढेका छन् । बुधबार १ सय ८८ कम्पनीको शेयर बढ्यो भने ८० कम्पनीको शेयर घट्यो । त्यसैगरी, नौ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार बुधबार एसबिएल डिबेञ्चर, नेपाल एसबिआई बैंक डिबेञ्चर र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सगरमाथा जलविद्युत् कम्पनी, एभरेष्ट कलर र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

शेयर बजार मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स