English
कृषि तथा पर्यटन

नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालन हुने

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालन हुने

नेपालगञ्ज- लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ ।

निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएपछि कम्पनीले फेरि शुरु गर्ने निर्णय गरेको हो । गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु र इन्धन खर्च बढी भएकाले उडान रोकिएको शाहले बताए । पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या बढ्नाका साथै उडानको माग बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।

तालिकाअनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ । त्यसका लागि बुकिङ खुला गरिएको बुद्ध एयरले जनाएको छ । नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपालसँगै भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान पर्यटन व्यवसायीका लागि महत्वपूर्ण रहेको बताए ।

हवाई सेवा सञ्चालन भएपछि पोखरालगायतका क्षेत्रबाट बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा पुग्न सहज हुनेछ । साथै बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्न पनि सहज हुनेछ ।

स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगञ्ज–पोखरा उडान सुरु गरिएको थियो ।

कृषि तथा पर्यटन मा सम्बन्धित

थप समाचार↗
चार महिनापछि गुल्मीमा जहाज
कृषि तथा पर्यटन
आश्विन २७

चार महिनापछि गुल्मीमा जहाज

चितवन निकुञ्जमा जिप सफारी सुरु
कृषि तथा पर्यटन
आश्विन २६

चितवन निकुञ्जमा जिप सफारी सुरु

मल ल्याउँदै गर्दा भारतमा पक्राउ परेका नेपाली किसानको रिहाइका लागि काँग्रेसको आग्रह
कृषि तथा पर्यटन
श्रावण ०७

मल ल्याउँदै गर्दा भारतमा पक्राउ परेका नेपाली किसानको रिहाइका लागि काँग्रेसको आग्रह

काठमाडौँ-rnनेपाली काँग्रेसले भारतको विहारस्थित जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।rnrnकाँग्रेस कार्यवाहक मुख्यसचिव...

कृषि तथा पर्यटन
कृषि तथा पर्यटन
असार २७

कृत्रिम अभाव सृजना गर्नेलाई तत्काल कारबाही गर्ने सरकारको चेतावनी

चितवन-rnकृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्नेविरुद्ध तत्काल कारबाही...

गृहपृष्ठ
रिल्स