English
कृषि तथा पर्यटन

मल ल्याउँदै गर्दा भारतमा पक्राउ परेका नेपाली किसानको रिहाइका लागि काँग्रेसको आग्रह

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
मल ल्याउँदै गर्दा भारतमा पक्राउ परेका नेपाली किसानको रिहाइका लागि काँग्रेसको आग्रह

काठमाडौँ- नेपाली काँग्रेसले भारतको विहारस्थित जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।

काँग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा सर्लाहीको बलरा नगरपालिकाका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह सीमावर्ती भारतीय बजारमा रासायनिक मल खरिद गरी फर्किने क्रममा पक्राउ परेको उल्लेख छ ।

कांग्रेसले आफ्नो खेतीका लागि मल ल्याउने क्रममा पक्राउ परेका किसानको रिहाइका लागि सरकारले तत्काल पहल गर्न आग्रह गरेको छ । मानवीय आधारमा उनीहरूको अविलम्ब रिहाइ गरिदिन काँग्रेसले अनुरोध गरेको छ ।

विज्ञप्तिमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, खुला सीमा र दुई देशका नागरिकबीचको आत्मीयतालाई ध्यानमा राखी यस्ता संवेदनशील विषयमा तत्काल समाधान निकाल्न आग्रह गरिएको छ ।

कृषि तथा पर्यटन मा सम्बन्धित

थप समाचार↗
चार महिनापछि गुल्मीमा जहाज
कृषि तथा पर्यटन
आश्विन २७

चार महिनापछि गुल्मीमा जहाज

चितवन निकुञ्जमा जिप सफारी सुरु
कृषि तथा पर्यटन
आश्विन २६

चितवन निकुञ्जमा जिप सफारी सुरु

नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालन हुने
कृषि तथा पर्यटन
भाद्र ०३

नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा पुनः सञ्चालन हुने

नेपालगञ्ज-rnलामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ ।rnनिजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि न...

कृषि तथा पर्यटन
कृषि तथा पर्यटन
असार २७

कृत्रिम अभाव सृजना गर्नेलाई तत्काल कारबाही गर्ने सरकारको चेतावनी

चितवन-rnकृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्नेविरुद्ध तत्काल कारबाही...

गृहपृष्ठ
रिल्स