
काठमाडौं-
सरकारले पशुपालक किसानलाई चाडबाडलक्षित सल्लाहसुझाव दिएको छ ।
सरकारले चाडबाडको बेला बचेका र बासी खानेकुरा, भिजेका, ढुसी परेका घाँस, पराल, दाना र अन्न पशुचौपायाहरूलाई नखुवाउन आग्रह गरेको छ ।
सरकारी कृषि अधिकारीहरुले यस्ता खानेकुरा खुवाउँदा पशुको पेट फुल्ने र अपच हुने समस्या हुने भनी किसानलाई सजग गराएका छन् ।
विज्ञहरुले यसरी पेट फुलेको देखिएमा अफानिल वा ब्लोटोसिल झोल औषधि गाईभैँसीलाई ५० देखि १०० एमएल र भेडाबाख्रालाई २० देखि २५ एमएल दिनको १ पटकका दरले ५ दिनसम्म खुवाउन आग्रह गरेका छन् । साथै समस्या धेरै बढेमा तुरुन्त नजिकैको प्राविधिकसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।


