
काठमाडौंं-
सरकारले गत भाद्र १० गते गएको भोटेकोशी त्रिशुली बाढीबाट प्रभावित किसानहरुलाई रासायनिक मलमा सहुलियत दिने निर्णय गरेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले नुवाकोट, रसुवा र धादिङका किसानका लागि ५०० मेट्रिक टन (१० हजार बोरा) डिएपी र १००० मेट्रिक टन (२० हजार बोरा) युरिया उपलब्ध गराउने उल्लेख गरेको छ ।
उक्त मल मल बफर स्टकबाट थप उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।



