English
कृषि तथा उत्पादन

तोरी खेतीको क्षेत्रफल र उत्पादन वृद्धि

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
तोरी खेतीको क्षेत्रफल र उत्पादन वृद्धि

काठमाडौं-

पछिल्लो एक वर्षमा तोरी खेतीको क्षेत्रफल र उत्पादन वृद्धि भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार यो वर्ष अनुकूल मौसम र खेती विस्तारका कारण तोरीको उत्पादकत्वमा सकारात्मक सुधार देखिएको छ ।

यव वर्ष देशभर कुल २ लाख ३९ हजार ३३ हेक्टर क्षेत्रफलमा तोरी खेती भई २ लाख ६२ हजार ५ सय ६१ मेट्रिक टन उत्पादन भएको छ ।

नेपालमा सबैभन्दा धेरै तोरी उत्पादन दाङ जिल्लामा हुने गरेको छ । दाङमा यो वर्ष तोरी खेती विस्तार भई १७ हजार ८ सय ६ हेक्टर सम्म पुगेको छ । आर्थिक वर्ष २०८१\८२ मा दाङमा १६ हजार ६१५ हेक्टरमा खेती भई ३१ हजार ५६८.५ मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

दाङ, चितवन, मोरङ, सुनसरी र कैलाली नेपालका प्रमुख तोरी उत्पादन हुने जिल्लाहरू हुन् । गत वर्षको तुलनामा यस वर्ष करिब १ हजार मेट्रिक टन तोरी उत्पादन बढेको छ । खेती विस्तार हुनु र अनुकूल मौसम रहनुलाई यसको मुख्य कारण मानिएको छ ।

यस वर्ष तोरी खेतीको उत्पादकत्व १.९ मेट्रिक टन प्रतिहेक्टर कायम भएको र यो विगतका वर्षहरूका तुलनामा सुधारोन्मुख अवस्था भएको मन्त्रालयले जनाएको छ ।

नेपाल विश्वमै तोरीको बीउ उत्पादन गर्ने देशहरूमध्ये अग्रस्थानमा पर्दछ ।

कृषि तथा उत्पादन मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स