
काठमाडौं-
गृहमन्त्री सुधन गुरुङले दुवईस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, नेपाली समुदाय तथा नेपाली श्रमिकहरुसँग अन्तरक्रिया गरेका छन् ।
महावाणिज्यदूतावासमा आयोजित कार्यक्रममा सहभागीहरुले वैदेशिक श्रमसंग सम्बन्धित विविध बिषय एवम् आफ्ना समस्याबारे गृहमन्त्रीलाई अवगत गराएका थिए ।
त्यस क्रममा गृहमन्त्री गुरुङले विदेशी भूमिमा नेपाली नागरिकहरुहरुको हितरक्षा र कल्याणका लागि तदारुकताका साथ काम गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताएका थिए ।



