
काठमाडौं-
आर्थिक वर्ष २०८३\८४ को तीन महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात सकारात्मक देखिएको छ । यो ३ महिनामा निर्यात् ५७.० प्रतिशतले बढेर १ खर्ब १४ अर्ब २९ करोड रुपैयाँ बराबर पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८९.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६१.७ प्रतिशत, २५९.७ प्रतिशत र ३३.८ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैकको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा उल्लेख गरिएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, पोलिष्टर धागो, पार्टिकल बोर्ड, जिंक शिट, पाम तेललगायतका वस्तुको निर्यात बढेको छ भने औषधी (आयुर्वेदिक), जडीबुटी, दाल, फलफूल, रुद्राक्षका दानाहरु लगायतका वस्तुको निर्यात भने घटेको छ ।



