English
अर्थ संसार

अत्यधिक बढ्यो आयात, चुलियो व्यापार घाटा

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
अत्यधिक बढ्यो आयात, चुलियो व्यापार घाटा

काठमाडौं

मुलुकमा पछिल्लो समयमा विभिन्न मालबस्तुको आयात अत्यधिक बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा कुल वस्तु आयात ३८.२ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ३ महिनामा आयात बढेर ६ खर्ब ४६ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.८ प्रतिशतले वृद्धि भएको थियो ।

भन्सार विभागका अनुसार वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ४१.७ प्रतिशत, २८.० प्रतिशत र ३९.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायात उपकरण र सवारी साधन तथा स्पेयर पार्टपुर्जा, रासायनिक मल,कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात बढेको छ ।

आर्थिक वर्ष २०८३\८४ को तीन महिनामा नेपालको कुल वस्तु व्यापार घाटा अत्यधिक बढेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा व्यापार घाटा ३४.७ प्रतिशतले वृद्धि भई ५ खर्ब ३२ अर्ब ४९ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अर्थ संसार मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स