English
मुख्य समाचार

राष्ट्रपति महायज्ञमा

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
राष्ट्रपति महायज्ञमा

काठमाडौं-

राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको कनक चैत्य महाविहार, सेतो मच्छिन्द्रनाथ मन्दिर परिसरमा जगत कल्याण र शान्तिका लागि ५० वर्षपछि आयोजित महायज्ञमा सहभागी भएका छन् । आर्यावलोकितेश्वर सुधार समूहले बिहीबार शुरु गरेको महायज्ञमा अग्नि स्थापना, तोंछा पूजा, धर्म देशना, स्वस्तिक वाचन र धार्मिक पूजापाठ समावेश छ ।

नेपालको नेवाः बौद्ध तथा तान्त्रिक परम्पराः काठमाडौँ उपत्यकाको नेवाः संस्कृति अर्थात विशेषगरी बज्रयान बौद्ध परम्परामा अयूता हुति महायज्ञलाई अत्यन्त दुर्लभ र महत्वपूर्ण मानिने आर्यावलोकितेश्वर सुधार समूहका अध्यक्ष निलकाजी शाक्यले बताए ।

काठमाडौँको जनबहालस्थित कनक चैत्य महाविहार (सेतो मत्स्येन्द्रनाथ मन्दिर) लगायतका ऐतिहासिक विहारहरूमा यो महायज्ञ तीन दिनसम्म विशेष तान्त्रिक विधि, पञ्चोपचार पूजा र गुठी समुदायको सहभागितामा सम्पन्न गर्ने परम्परा छ ।

राष्ट्रपति पौडेलले त्यस क्रममा सेतो मत्स्येन्द्रनाथ मन्दिर दर्शन गर्नुका साथै महायज्ञको हवनमा सहभागि भएर भेटी प्रदान गरेका थिए । कार्यक्रममा उर्जामन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौ महानगरका कार्यबाहक प्रमुख सुनिता डंगोल सहभागी थिए ।

मुख्य समाचार मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स