English
क्रिकेट

एसीसी राइजिङ स्टार्स खेलका लागि नेपाली टोलीको बिदाई

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
एसीसी राइजिङ स्टार्स खेलका लागि नेपाली टोलीको बिदाई

काठमाडौं-

कतारमा पर्सी बिहीबारदेखि हुने एसीसी राइजिङ स्टार्स खेलका लागि नेपाली टोलीको बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघले टोलीको आज बिदाई गरेको हो ।

नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिशेष गौतम, इशान पाण्डे, राशिद खान र देव खनाल छन् । काठमाडौंमा जारी नेपनल प्रिमियर लिग एनपीएलका कारण कप्तान लामिछानेसहित केही खेलाडी अलि पछि जाने बताइएको छ ।

एसिया कप राइजिङ स्टार्स प्रतियोगिता यही नोभेम्बर १९ तारिखदेखि कतारमा आयोजना हुँदैछ । नेपालले समूह चरणमा नोभेम्बर २० तारिखमा भारत, नोभेम्बर २२ मा युनाइटेड अरब इमिरेट्स (युएई) तथा नोभेम्बर २४ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।

क्रिकेट मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स