
काठमाडौं-
भारतीय गृहमन्त्री अमित शाहका छोरा जय शाह दोस्रो कार्यकालका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका छन् ।
इन्डोनेसियाको बालीमा सम्पन्न आईसीसी बोर्ड बैठकपछि आईसीसीको आधिकारिक विज्ञप्ति मार्फत आइसीसी अध्यक्षमा शाह फेरि निर्वाचित भएको सार्वजनिक गरिएको हो।
अध्यक्ष पदका लागि अन्य कुनै पनि उम्मेदवारको मनोनयन नपरेपछि आईसीसी निर्देशकहरूको प्रस्तावमा उनी दोस्रो कार्यकालका लागि निर्विरोध चयन भएका हुन्।
उनको दोस्रो कार्यकाल पनि दुई वर्षको रहनेछ ।
यसअघि उनी सन् २०२४ को अगस्टमा पहिलो पटक निर्वाचित भई डिसेम्बर १, २०२४ देखि कार्यरत थिए ।
दोश्रो पटक निर्वाचित भएपछि उनले सन् २०२७ मा दक्षिण अफ्रिका क्षेत्रमा हुने एकदिवसीय विश्वकप र सन् २०२८ को लस एन्जलस ओलम्पिक (ीब्२८) मा क्रिकेटको पुनरागमनको तयारीलाई नेतृत्व गर्नेछन् ।



