English
क्रिकेट

फाइनल प्रवेशका लागि दुवै टोली तयार

एनपीएल

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
फाइनल प्रवेशका लागि दुवै टोली तयार

काठमाडौँ-

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा प्रतिस्पर्धा गर्न लागेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स दुवैले आफू तयार रहेको बताएका छन् ।

यी दुई टोलीबीचको खेल आज अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।आजको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ ।

पराजित हुने क्लवलाई फाइनल पुग्न अर्को अवसर प्राप्त हुनेछ । आजको पराजित टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेलको विजेताको सामना गर्नुपर्नेछ ।

सुदूरपश्चिम र लुम्बिनी पहिलो अवसर नै सदुपयोग गरेर फाइनलमा स्थान बनाउने योजनामा छन् । सुदूरपश्चिम लगातार तेस्रो तथा लुम्बिनी दोस्रोपटक फाइनलको यात्रा गर्ने लक्ष्यमा छन् । गत संस्करणको एनपिएल फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो ।

यही संस्करणको पहिलो खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियो । लुम्बिनी आज पनि सोही नतिजा दोहोर्याउँदै फाइनलको यात्रा गर्न चाहन्छ । दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम लुम्बिनीसँगको पछिल्लो दुई हारको बदला लिँदै तेस्रोपटक फाइनलमा स्थान बनाउने योजनामा छ ।

क्रिकेट मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स