क्रिकेट
सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी फाइनलमा
एनपीएल क्रिकेट
~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:

काठमाडौं-
निरोशन डिकवेलाको अर्धशतकको मद्वतमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी जारी एनपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले ४ विकेट गुमाएर पूरा गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा लुम्बिनीले २० बल बाँकी छँदै लक्ष्य पूरा गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रन बनाएको थियो ।



