English
राजनीति

देउवापक्षीय सोलुखुम्बु सभापतिमा सूर्यबहादुर राई

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
देउवापक्षीय सोलुखुम्बु सभापतिमा सूर्यबहादुर राई

सोलुखुम्बु-

देउवा-कोइराला पक्षीय नेपाली काँग्रेस सोलुखुम्बुको १५ औं जिल्ला अधिवेशनबाट सूर्यबहादुर राई जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । राई हालको महाकुलुङ्ग गाउँपालिकाको अध्यक्ष छन् ।

गोकर्ण राई, पदमबहादुर राई, श्रीलाल थापा मगर, मोतीप्रसाद राना मगर, दुर्गाप्रसाद दर्जी, तेजप्रसाद आचार्य तथा युवामा नेबिसंघ पुर्व केन्द्रिय सदस्य पारस बस्नेत लगायत ३५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश सभा क को सभापतिमा वेदनाथ बास्तोला र प्रदेश ख को सभापतिमा ए.डी. शेर्पा निर्वाचित भएका छन् ।

महाधिवेशनबाट एक नगरपालिका तथा सातैवटा गाउँपालिकाका सभापतिहरू पनि निर्वाचित भएका छन् ।

राजनीति मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स