English
राजनीति

केही कैफियत नभए हामीलाई न्याय-देउवा

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
केही कैफियत नभए हामीलाई न्याय-देउवा

बागलुङ-

नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले कहिँ कतै कैफियत नभए सर्वोच्च अदालतले आफूहरुकै पक्षमा फैसला गर्ने बताएका छन्।

शुक्रबार देउवा कोइराला पक्षको बागलुङ जिल्ला अधिवशेनको उद्घाटन गर्दै निवर्तमान सभापति देउवाले न्यायाधीशहरू नबिके आफूहरुको पक्षमै न्याय हुने बताए । न्यायाधीशहरु नबिक्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए। उनले पञ्चायतकाल र राजा ज्ञानेन्द्रको शाही शासनकालमा समेत आफूले अदालतबाट न्याय पाएको स्मरण गरे।

‘हिजो मलाई पञ्चायतकालमा नियन्त्रणमा राखेको थियो। अदालतको फैसलाले छाडिदियो,’ देउवाले भने, ‘पूर्वराजा ज्ञानेन्द्रका पालामा पनि शाही आयोगले मलाई थुनेको थियो। सर्वोच्चले राजाको अगाडि छाड्ने के हिम्मत गर्ला र भन्ने लागेको थियो, त्यो बेला पनि छाडेको थियो।’

यस पटक पनि सर्वोच्च अदालतले काँग्रेसको आधिकारिकता आफ्नो पक्षलाई दिने उनले बताए। ‘यस पटक पनि विश्वास छ, न्यायाधीश कतै नबिकेमा सर्वोच्चले हाम्रै पक्षमा निर्णय गरिदिनेछ,’ देउवाले भने।

राजनीति मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स