
काठमाडौं-
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादवलाई नियुक्त भएका छन् । उनलाई मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । उनलाई नेपालको संविधानको धारा १६८ को ३ अनुसार नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (३) मा प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
यसअघि काँग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री रहेकोमा बहुमत जुटाउन नसकेपछि उनले राजीनामा दिएका थिए ।




