
काठमाडौं-
कतारमा जारी राइजिङ स्टार्स एसिया कप क्रिकेटमा आइतबार नेपालले युएईविरुद्ध शानदार जित पहिलो जित निकालेको छ । जारी राइजिङ स्टार्स एसिया कपमा यो नेपालको पहिलो जित हो ।
लामो समयदेखि फर्म गुमाइरहेका कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार प्रदर्शनले नेपालले आइतबार युूएईलाई ६ विकेटले पराजित गरेको हो ।
भुर्तेलले ५६ बलमा ६ चौका र १ छक्कासहित ५७ रन बनाउनाका साथै ३ विकेट लिए । त्यस्तै, कप्तान सन्दीप लामिछानेले १० ओभरमा ११ रन मात्र दिएर ३ मेडन राख्दै ३ विकेट लिए ।
खेलमा १ सय २२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । आइतबार नेपालको १ सय औं ओडीआई खेल थियो । नेपालले यस खेलमा आफ्नो ५०औं जित निकालेर यस खेललाई यादगार बनाएको छ ।
खेलमा मयन यादवले २७ तथा बसिर अहमदले अविजित १८ रन बनाए ।
यूएईका मुहम्मद मोहसिनले २ विकेट लिए भने उदीस सुरी र अंश टन्डनले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनएको थियो । यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए ।
यस्तै हरप्रीत सिंह भाटियाले ३२ रन बनाए । नूर उल्लाह अयोबीले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ११ रन मात्र दिएर ३ मेडन राख्दै ३ विकेट लिए । कुशल भुर्तेलले पनि ३ विकेट लिँदा नन्दन यादव, रासिद खान र ललित राजवंशीले १–१ विकेट लिए ।
नेपालले पहिलो खेलमा भारत ए सँग २६ रनमा अलआउट हुँदै ३०६ रनको हार बेहोरेको थियो । नेपालले यसपछि मंगलबार पाकिस्तानसँग खेल्नेछ ।



