
काठमाडौँ-
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत आज शनिबार एक मात्र खेल हुने भएको छ । आज शनिबार लुम्बिनी लायन्स र विराटनगर किङ्स बीच खेल हुनेछ। खेल साँझ ५ बजे हुनेछ ।
आजको खेलमा विराटनगर पराजित भए चितवन एक खेलअगावै प्लेअफमा पुग्नेछ । विराटनगरको जितले भने चितवनले अन्तिम खेलमा कर्णाली याक्समाथि जित्नैपर्ने दबाबमा हुनेछ । आजको लुम्बिनी र विराटनगरबीच खेलको नतिजाको पर्खाइमा चितवन पनि हुनेछ ।



