
काठमाडौं-
दोश्रो संस्करणको हारको गत संकरणकै विजेताविरुद्ध शानदार बदला लिँदै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि उचालेको छ।
शनिबार भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक एनपीएल जितेको हो । लगातार तेस्रो सिजन फाइनल खेलेको सुदूरपश्चिमले तेश्रो पटकमा उपाधि जितेको हो । योसंगै एनपीएलको तीनै संस्करणका फरकफरक विजेता भएका छन् ।
पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको थियो। दोस्रो सिजन लुम्बिनीसँग ६ विकेटको हार व्यहोरेको थियो।
सुदूरपश्चिमसँग नमिठो हारसंगै लुम्बिनीले भने लगातार दोस्रो पटक उपाधि जित्ने मौका गुमाएको छ ।
ओपनरद्धय जर्ज मुन्से र विनोद भण्डारीले १ सय ५८ रनको अविजित साझेदारी गरेपछि सुदूरपश्चिमले सहज जित निकालेको हो।



