
दैलेख-
दैलेखमा बञ्चरो प्रहार गरी श्रीमती र दुई छोराछोरीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३८ वर्षीय अम्बर सलामी मगर छन् । बाबुको आक्रमणबाट अर्का एक छोरा गम्भीर घाइते भएका छन् ।
घरायसी विवादका क्रममा चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा ३८ वर्षीय अम्बर सलामी मगरले बञ्चरोले श्रीमती र तीन छोराछोरीको टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार
बन्चरो प्रहारबाट गम्भीर घाइते भएका ३५ वर्षीया श्रीमती मनिषा, १२ वर्षीय छोरा तपेन्द्र र तीन वर्षीया छोरी करिश्माको उपचारका क्रममा दुल्लुस्थित नगर अस्पताल र प्रदेश अस्पताल, सुर्खेतमा मृत्यु भएको हो ।
गम्भीर घाइते मिलनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल प्रहरी चौकी हाँडाकोटबाट करिब तीन किलोमिटरको दूरीमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



