English
मुख्य समाचार

भीमफेदीमा फेरि जीप दुर्घटना, ३ जनाको मृत्यु

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
भीमफेदीमा फेरि जीप दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं-

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ आउँदै गरेको सुमो जीप आज मकवानपुरको भीमफेदी गाउँपालिका–१ सुन्दरीमोडमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको र ७ जना घाइते भएको प्रहरीले जनाएको छ।

ना. १ ज २१४३ नम्बरको सुमो बिहीबार बिहान करिब ८ः३० बजे भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डको घुम्तीबाट १० मिटर तल खसेको थियो ।

चालकसहित सुमोमा सवार १० जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएको थियो। चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा घाइतेहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि काठमाडौंबाट सर्लाही गैरहेको विद्युतीय गाडी सोही क्षेत्रमा कात्तिक २६ गते दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।

मुख्य समाचार मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स