
एजेन्सी-
जोर्डनको काराक प्रान्तस्थित हमूद क्षेत्रको एक चर्चमा केही व्यक्तिहरुको अन्तिम संस्कार चलिरहेका बेला अज्ञात बन्दुकधारीहरूले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा ७ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । घटनामा ३४ जनाभन्दा बढी घाइते भएका छन्।
शुक्रबार भएको घटनाले मुस्लिम बहुल जोर्डनमा ठूलो शोक र आक्रोश पैदा गरेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।
प्रत्यक्षदर्शी र सुरक्षा अधिकारीहरूका अनुसार गाडीमा आएका आक्रमणकारीहरू चर्चभित्र पसेर अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणको कसैले जिम्मा लिएको छैन।
सीसीटीभी फुटेजमा तीन जना बन्दुकधारीहरू सडकबाट चर्चतर्फ जाँदै गरेको प्रष्ट देखिएको सुरक्षा अधिकारीले बताए ।
जोर्डनका गृहमन्त्री माजेन अल–फरायाले संलग्नहरुलाई पक्रन खोजी अभियान तीव्र पारिएको बताए ।
जोर्डनका राजा अब्दुल्ला द्वितीयले काराकलाई लक्षित गरेर गरिएको यो आतङ्ककारी कृत्यविरुद्ध सरकारले कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।



