English
विदेश

बिहीबार एकैसाथ भेट्दै सी, ट्रम्प र पुटिन

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
बिहीबार एकैसाथ भेट्दै सी, ट्रम्प र पुटिन

एजेन्सी-

चीन सरकारले आफ्ना राष्ट्रपति सी चीनफिङ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी बिहीबार त्रिपक्षीय भेटवार्ता हुने पुष्टि गरेको छ ।

नोभेम्बर १९ मा सेन्जेनमा पहिलो त्रिपक्षीय शिखर बैठक हुने चीनले पुष्टि गरेको हो ।

चीनको विदेश मन्त्रालयले सोमबार संक्षिप्त विज्ञप्ति जारी गरी राष्ट्रपति सीले नोभेम्बर १९ मा सेन्जेनमा एकैसाथ रुसी र अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गर्ने जानकारी दिएको छ । यसअघि अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले त्यसबारे जानकारी दिएको थियो । तीन प्रमुख शक्तिका राष्ट्रप्रमुखबीच हुन लागेको यस बैठकलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

यो उच्चस्तरीय भेटवार्ता चीनको गुआङ्दोङ प्रान्तमा हुन लागेको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिखर सम्मेलनसँग जोडिएको अधिकारीहरुले बताएका छन् । चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद् (सीसीपीआईटी) ले दिएको जानकारी अनुसार नोभेम्बर १७ र १८ मा हुने उक्त सम्मेलनमा राष्ट्रपति सीसहित एपेकका १२ सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुनेछन्।

विदेश मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स