English
विदेश

ट्रम्प,चीनफिङ र पुटिनबीच आज चीनमा ऐतिहासिक शिखर वार्ता हुँदै

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
ट्रम्प,चीनफिङ र पुटिनबीच आज चीनमा ऐतिहासिक शिखर वार्ता हुँदै

काठमाडौं-

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी चीनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज चीनको सेन्जेनमा ऐतिहासिक शिखर वार्ता हुँदैछ ।

विरलै हुने मध्येको पछिल्लो शीर्ष वार्तालाई विश्व समुदायले निकै उत्सुकतापूर्वक प्रतीक्षा गरेको छ । यसअघि गएराति रात्रिभोजमा तीनै जना नेताबीच भेटवार्ता भएको छ ।

चीनको सेन्जेनमा हिजो भएको बुधबार एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनले विश्वका तीन शीर्ष नेताहरूलाई एकै ठाउँमा जुटाएको हो ।

एपेक सम्मेलनलाई सम्वोधन गर्दै चीनिया राष्ट्रपति सीले खुला व्यापार, निष्पक्ष प्रतिस्पर्धा र समावेशी विकास अबको प्राथमिकता हुनु पर्ने बताउनु भयो ।

सम्मेलनलाई सम्बोधन गर्दै रुसी राष्ट्रपति पुटिनले अमेरिकाका राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सीसँग हुने त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबीचको सम्बन्ध सुधार्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा व्यक्त गरे ।

त्रिपक्षीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा चीनियाँ राष्ट्रपति सी चीनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार चीनको सेन्जेनमा उच्चस्तरीय वार्ता भएको छ ।

सम्मेलनमा विश्व सुरक्षा, आणविक निःशस्त्रीकरण र प्रमुख शक्तिबीचको सम्बन्धबारे छलफल हुने अपेक्षा गरिएको छ ।

हिजै चीनियाँ राष्ट्रपति सीले हवाई जहाजसम्म पुगेर अमेरिकी राष्ट्रपति ट्रम्पलाई चीनमा स्वागत गरेका थिए ।

विदेश मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स