English
विदेश

प्रक्रियासम्मत हसिनाको स्वदेश फिर्तीमा सहयोग गर्ने भारतको भनाई

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
प्रक्रियासम्मत हसिनाको स्वदेश फिर्तीमा सहयोग गर्ने भारतको भनाई

नयाँदिल्ली-

वंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन आफू तयार रहेको भारतले दोहोर्याएको छ । भारतमा निर्वासित हसिनालाई तत्काल फर्काउव.न वंगलादेशले गरिरहेको ताकेताका सम्वन्धमा भारतले उनलाई पठाउन तयार रहेको जवाफ दिएको छ तर उसले हसिनालाई स्वदेश लैजान बंगलादेशले सैनिक विमान पठाउनुपर्ने र मृत्युदण्डको सजायविरुद्ध पुनरावेदन गर्ने अवसर दिनुपर्ने शर्त अघि सारेको छ ।

सन् २०२४ अगस्ट ५ मा बंगलादेशमा भएको विद्रोहपछि सत्ता छाडेर भारत आएकी हसिनालाई वंगलादेश सरकारले दोषी आरोपित गरेको छ भने त्यहाँको अदालतले प्रदर्शनकारीमाथि भएको दमनसँग सम्बन्धित मुद्दामा मृत्युदण्डको सजाय सुनाएको छ।

हसिनालाई बंगलादेशी सेनाले नै स्वदेश फर्काउने जिम्मेवारी लिनुपर्ने अडान भारतले बलियो गरी राखेको अधिकारीहरुले बताएका छन् ।

हसिना सन् २०२४ अगस्ट ५ मा बंगलादेशी सेनाको विमान चढेर नै नयाँदिल्ली आएकीले उनको स्वदेश फिर्ती पनि सेनाकै जिम्मेवारीमा हुनुपर्ने भारतले स्पष्ट पारेको छ । हसिना भारतनिकट मानिन्छिन् ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार हसिनाको प्रत्यर्पणबारे पत्रकारहरुद्धारा सोधिएको प्रश्नमा यो कानुनी विषय भएकाले कानुनअनुसार नै अघि बढ्ने बताएका छन्।

विदेश मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स