English
विदेश

अमेरिकी राजधानीमा गोली प्रहार, २ जनाको मृत्यु

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
अमेरिकी राजधानीमा गोली प्रहार, २ जनाको मृत्यु

वासिङ्टन-

अमेरिकाको राजधानी वासिङ्टन डिसीमा एक व्यक्तिको हानी प्रहारबाट उनीसमेत २ जनाको मृत्यु भएको छ ।

घटनामा गोली हान्ने व्यक्तिसमेत २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको वासिङ्टन डिसीका प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटनास्थल ह्वाइट हाउसबाट मात्र १.६ किलोमिटटरको दूरीमा छ ।

घटनापछि पत्रकार सम्मेलनमा अधिकारीहरूले आक्रमणकारीले शुरुमा फिटनेस सेन्टरभित्र एक व्यक्तिलाई गोली हानेको र त्यसपछि आफैंलाई हानेको जानकारी दिएका छन् ।

वासिङ्टन डिसीका अन्तरिम प्रहरी प्रमुख जेफ्री डब्लु क्यारोलले प्रहरी घटनास्थलमा ३० सेकेन्डभित्रै पुगेको पत्रकारहरुलाई बताए ।

विदेश मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स