English
कूटनीति

अमेरिकी राजदूतले भेटिन अर्थमन्त्री

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
अमेरिकी राजदूतले भेटिन अर्थमन्त्री

काठमाडौं-

अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसंग भेटवार्ता गरेकी छन् ।

भेटमा नेपालको बाढी प्रतिकार्य र पुनरुत्थान प्रयासमा प्रमुख दातृ निकायको रूपमा संयुक्त राज्य अमेरिकाले गत अगस्ट महिनाको विनाशकारी बाढीपछि प्रतिबद्धताका बारेमा छलफल भएको अमेरिकी दूतावासले जनाएको छ ।

कार्यवाहक राजदूत बोल्डिनले नेपालको पुनर्निर्माणमा अमेरिकी कम्पनीहरू र प्रविधिले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने प्रस्ताव गरेकी छन् । भेटमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट ( एमसीसी), अमेरिकी लगानी लगायतका विषयमा पनि छलफल भएको थियो ।

कूटनीति मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स