
काठमाडौं-
वंगलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीले आज बङ्गलादेशका नवनियुक्त परराष्ट्र सचिव सलाहुद्दिन नोमान चौधरीसँग शिष्टाचार भेट गरेका छन् ।
उनले जिम्मेवारी सम्हालेकोमा बधाई दिए । भेटमा नेपाल–बङ्गलादेश सम्बन्धको समीक्षाका साथै व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), शिक्षा, पर्यटन र जनस्तरको आदानप्रदानका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने उपायहरूबारे छलफल भएको दूतावासले जनाएको छ ।



