
काठमाडौं-
चीनका लागि नवनियुक्त नेपाली राजदूत डा. कल्याणराज शर्माले आज दिउँसो राजदूतावासमा पदभार गरेका छन् ।
उनी जिम्मेवारी सम्हाल्न आज नै राजधानी बेइजिङ पुगेका हुन ।
डा. शर्मालाई डासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा नियोग उपप्रमुख\मन्त्री सुश्री रोशन खनाल तथा नेपाली राजदूतावास र चीनको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरे ।



