English
कूटनीति

परराष्ट्रमन्त्री-जापानी उपमन्त्री भेट

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
परराष्ट्रमन्त्री-जापानी उपमन्त्री भेट

काठमाडौं-

परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका संसदीय उपपरराष्ट्रमन्त्री फुजी काजुहिरोबीच हिजो भेटवार्ता भएको छ ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा उपपरराष्ट्रमन्त्री काजुहिरो नेपाल आएका हुन ।

भेटमा नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो । त्यस क्रममा परराष्ट्रमन्त्री खनालले हालैको रसुवा–भोटेकोशी बाढीपछिको तत्काल उद्धार तथा राहत कार्यमा जापान सरकारले गरेको सहयोग र पुनर्निर्माणको चरणमा समेत सहयोग गर्ने इच्छाशक्ति देखाएकोमा जापान सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कूटनीति मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स