
काठमाडौँ-
स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । तिहारयता सुनको मूल्य घटिरहेको छ ।
सोमबार सुनको मूल्य तोलामा एक हजार १ सय र चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला २ लाख ६९ हजार १ सय र चाँदीको मूल्य ३ हजार ५ सय २० कायम छ ।



