
काठमाडौं-
सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजमाथि रोमाञ्चक जित निकालेको छ । योसंगै सुदूरपश्चिम नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने लुम्बिनीपछि दोश्रो टोली बनेको छ ।
लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौँलाई सात रनले हराउँदै सुदूरपश्चिम प्लेअफ पुगेको हो । अंक तालिकामा १० अंक जोड्दै उ तीन वटै संस्करणको एनपीएलमा लगातार प्लेअफ पुग्ने एक्लो टोली बन्यो । उसले लिग चरणको सातमध्ये पाँच खेलम जित र दुई खेलमा हार व्योहोरेको छ ।
काठमाडौले भने प्लेअफको टुंगो लगाउन अर्को खेलसम्म पर्खनुपर्ने भएको छ। काठमाडौले लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ ।



