English
राजनीति

रुस भ्रमण ऐतिहासिक र विशेष- प्रचण्ड

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
रुस भ्रमण ऐतिहासिक र विशेष- प्रचण्ड

काठमाडौं-

पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ साताव्यापी रुस भ्रमण पूरा गरी बिहीबार बिहान स्वदेश फर्किएका छन् ।

रुसको राजधानी मस्कोमा त्यहाँको सत्तारुढ दल युनाइटेड रसियाद्वारा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा आफ्नो भ्रमण सफल र ऐतिहासिक रहेको बताए ।

विश्वका ७६ देशका विभिन्न राजनीतिक दलका ४८० जना नेता तथा प्रतिनिधिको सहभागिता रहेको सम्मेलनलाई प्रचण्डले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले उनले रुसमा ‘बाह्य हस्तक्षेपबिना भविष्य निर्धारण गर्ने अधिकार हरेक राष्ट्रलाई छ, सार्वभौम समानता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित व्यवस्था बन्नुपर्छ’ भन्नेमा जोड दिएका थिए ।

उनले विश्व बहुध्रुवीय व्यवस्थातर्फ अघि बढेको औँल्याउँदै आफ्ना आर्थिक नीति र विकासका प्राथमिकता तय गर्न स्वतन्त्र नभएसम्म साँचो अर्थमा कुनै पनि राष्ट्रको राजनीतिक स्वतन्त्रता पूर्ण नहुने धारणा राखेका थिए ।

राजनीति मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स