
काठमाडौं-
साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ । लुम्बिनी १९.५ ओभरमा विराटनगरमाथि हावी भयो ।
योसंगै शीर्षस्थानमा रहेर लुम्बिनीले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा स्थान बनाएको छ ।
शनिबार भएको खेलमा विराटनगरलाई ४ विकेटले हराउँदै लुम्बिनीले शीर्ष स्थान कायम राखेको छ ।
विराटनगरको हारले भने काठमाडौँ गोखार्ज र चितवन राइनोज एक खेल अगावै प्लेअफमा पुगेका छन्। साविक विजेता लुम्बिनी लगातार दोस्रो पटक प्लेअफ पुगेको हो।
विराटनगरले दिएको १ सय ७६ रनको लक्ष्य लुम्बिनीले १ बल अगावै ६ विकेटको क्षतिमा भेट्टाएको हो ।



