English
कूटनीति

भारतीय राजदूत-परराष्ट्रमन्त्री भेट

~1 मिनेट पढ्नुहोस्
अक्षरको आकार:
साझा गर्नुहोस्:Meta / FacebookXWhatsAppLinkedIn
भारतीय राजदूत-परराष्ट्रमन्त्री भेट

काठमाडौं-

नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, हालैको भोटेकोशी बाढीसहितका विषयमा छलफल भएको छ ।

भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षहरूमा छलफल हुनुका साथै नेपाल र भारतबीचको चीरस्थायी मित्रता र सहकार्यका सम्बन्धलाई अझ सुदृढ बनाउने उपायहरूबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई उहाँको नियुक्तिप्रति बधाई दिनुका साथै नेपालमा सफल र फलदायी कार्यकालको शुभकामनासमेत व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

कूटनीति मा सम्बन्धित

थप समाचार↗
गृहपृष्ठ
रिल्स